कोहलपुरका खत्री दम्पतिको सयुक्त गीत ‘कोहलपुर बजार घुमौला’ सार्वजनिक

कोहलपुर, कार्तिक २४,

बाँकेको कोहलपुरका दम्पति डम्बर खत्री र हिरा केसीको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

दम्पतिको कोहलपुर बजार घुमौला, पिरतीका कुरा गरौला बोलको पहिलो लोकदोहोरी गीत डम्बर खत्री युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा यहाँको पर्यटन तथा सुन्दरताका बारेमा वर्णन गरिएको छ । डम्बर खत्रीको शब्द÷संगीत रहेको गीतको संगीत संयोजन बलु तामाङले गरेका छन् ।

खत्री दम्पतिले लोक संगीतमा नयाँ प्रतिभाको आगमन स्वरुप आफ्नो पहिलो कोसेली कोहलपुर बजार घुमौला लिएर दर्शक माझ आएका छन् । द्धोय दम्पति कोहलपुर सिटि एकेडेमी बाँकेमा पनि संलग्न रहेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !