कोहलपुर सिटी एकेडेमीको वृहत विषेशज्ञ दन्त शिविर सम्पन्न

कोहलपुर, कार्तिक ३०,

बाँकेको कोहलपुर ११ रहेको कोहलपुर सिटी एकेडेमीले वृहत विषेशज्ञ दन्त शिविर सम्पन्न गरेको छ ।

कोहलपुरको प्रतिष्ठत कोहलपुर डेन्टलसँगको समन्वयमा निःशुल्क दन्त शिविरको आयोजना गरेको हो । कोहलपुर सिटि एकेडेमीले विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको विद्यालय परिसरमा दन्तरोग परिक्षण सेवा सम्बन्धि निशुल्क शिविर गरेको संस्थापक तथा प्रिन्सिपल प्रशान्त रिजालले बताएका छन् ।

एक दिने निःशुल्क दन्त शिविरमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले दन्त स्वास्थ्य जाँच गराएका थिए । विद्यार्थीहरुको दन्त परीक्षण गर्दा केही विद्यार्थीहरुमा स्केलिङ, दाँत भर्न पर्ने, आर. सि. टी गर्नुपर्ने दाँत झिक्नु पर्ने जस्ता समस्या देखा परेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !