मितेरी बचत तथा ऋण सहकारी संस्था कोहलपुरको १६ औं साधारण सभा सम्पन्न

कोहलपुर, मंसिर २,

मितेरी बचत तथा ऋण सहकारी संस्था कोहलपुरको १६ औं साधारण सभा सम्पन्न भएको छ ।

शनिबार एक भव्य कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष अंजीर बहादुर शाहीको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम बहादुर शाह प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहले सहकारी शिक्षा प्रणाली, बचत ऋण तथा असुली सम्बन्धि जानकारी दिएका थिए । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानप्रति जिल्ला सहकारी संघ डटेर लागेको बताए ।

केही अप्ठ्यारा परिस्थितिकाबीच सहकारी संस्थाहरु सञ्चालन भइरहेको बताउँदै शाहले पछिल्लो समयमा देखिएका केही घटनाले समस्या उत्पन्न भएको र त्यसलाई समाधान गर्न सहजिकरण गरिरहेको बताए । उनले केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको समेत उनले बताए ।

कार्यक्रममा विशिष्ठ अतिथी राष्ट्रिय सहकारी बैंक शाखा कोहलपुरका प्रबन्धक अजय रोकाय रहेका थिए । रोकायले सरकारले ल्याएको सहकारीसम्बन्धी नीति, विनियम र नियमावली अनुसार सहकारी चल्नुपर्ने र सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्ने कुरामा जोड दिएका थिए । रोकायले अहिलेको बजारको अवस्थालाई मध्यनजर गर्दै सहकारीहरूले आफ्ना शेयर सदस्यहरूलाई आयआर्जनका कार्यक्रमहरूमा आकर्षित गर्नुपर्ने भनाइ राखेका थिए ।

कार्यक्रममा संस्थाको आयव्याय तथा प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शाहीले कोहलपुरमा मितेरी खाजा घर संचालन गर्ने प्रस्ताव सुनाएका थिए । सहभागि सबैले उक्त प्रस्तावना स्वीकार गरेका छन् । कार्यक्रममा असल बचत कर्ता तथा असल ऋृणीलाई सम्मान गरिएको थियो । भने जेष्ठ महिला तथा जेष्ठ पुरुषलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब भरत बहादुर कठायतले गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !