कोहलपुर, मंसिर ६,
बाँकेको नेपालगंजमा संचारकर्मी तथा करदाताहरुलाई कर सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कर प्रणालीको सार लगानीमा आधार भन्ने मुख्य उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । नेपालगंज उपमहानगरपालिकाको आर्थिक सहयोग, संचारिका समुह लुम्बिनी प्रदेशको समन्वय, विकासका लागि हाम्रो प्रयास नेपाल, बर्दियाको सहकार्य तथा आन्तरिक राजश्व कार्यालय नेपालगंगको आयोजनामा कार्यक्रम गरिएको हो । संचारिका समुह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपमा गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट प्रमुख अतिथी रहेका थिए ।

यस्तै विशिष्ठ अतिथी आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख पूर्णप्रसाद न्यौपाने रहेका थिए भने विषेश अतिथी कर अधिकृत उदय केसी रहेका थिए । उद्योगी व्यवसायी एवं आम सर्वसाधरणलाई कर सम्बन्धि सचेतना जगाउन तथा संचारकर्मीलाई कर क्षेत्रमा पनि कलम चलाउन अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख न्यौपानेले समृद्विको आधार कर रहेकोले सबैलाई समयमै कर तिर्न आग्रह गरे । कर प्रणाली झन्जिटिलो भएको भन्ने पत्रकारको प्रश्नमा उनले नियमानुसार जादा झन्जिटिलो नभएको बताए । न्यौपानेले कर सम्बन्धी संवैधानिक, कानूनी र संस्थागत विषयमा जानकारीसँगै कर, भूमि कर, व्यवसाय कर, बाहाल कर लगायत अन्य शुल्क र दस्तुर निर्धारणको वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, सचिब कमल डाँगी, संचारिक समुह बाँकेकी उपाध्यक्ष सरला सुबेदी, लगायत यस क्षेत्रका पत्रकार महिला तथा अन्य संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रासस संवाददाता मेनुका चौधरीले गरेकी थिईन् ।

