सचेतना मुलक कार्यक्रम तिव्र बनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके

कोहलपुर, मंसिर १४,

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सचेतना मुलक कार्यक्रमलाई तिव्रताका साथ अघि बढाईरहेको छ ।

जिल्ला ट्राफिक कार्यालय तथा मातहत पोष्टहरुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस जिल्लाका विद्यालयमा गई ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन गर्दै आईरहेको छ । महेन्द्र राजामर्ग, हुलाकि राजमार्ग, रत्न राजमार्गका बाहिरी र भित्री सडक खण्डका बिभिन्न स्थानहरुमा मानिसहरु भेला पारी सचेतना सन्देश दिदैं आएको छ ।

ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्युनिकरणका लागी बाटो प्रयोग कर्ता, चालक तथा सह–चालक, विद्यार्थी, नयाँ चालक तथा सर्वसाधारणहरुलाई ट्राफिक नियम, लेन अनुशासन, ओभरटेक गर्ने तरिका, बाटो काट्ने तरिका, सवारी दुर्घटना कारणहरु, सवारी दुर्घटनाबाट बच्ने उपाय लगायत, सवारी दुर्घटना न्युनिकरणका उपायहरुको बिषयमा सचेतना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !