कोहलपुर, फागुन ६,
‘यूवा, संचार माध्यम तथा सरकार’ विषय दुई दिने अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु भएको छ ।

युथ एडभाइजरी काउन्सिल प्लानको आयोजना तथा प्लान ईन्टरनेश्नल नेपाल युवालयको आर्थिक सहयोगमा गोष्ठि सुरु भएको हो ।
तालिममा कोहलपुर क्षेत्रका विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मी, यूवाहरुको सहभागिता रहेको थियो । गोष्ठिमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेगबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, पत्रकार प्रियास्मृति ढकाल, रोजगार शाखा संयोजक आशिष वर्मा, कोहलपुर नगरपालिका ग्रिनसिफ्ट परियोजनाका प्रेम प्रकाश बुढाथोकीले युवा वातावरण र संचार माध्यम, सरकारसँगको सहकार्य, गलत तथा भ्रामक सूचना, ईलेक्ट्रोनिक मिडिया तथा आईसिटिको प्रयोग लगायतका विभिन्न विषयमा जानकारी दिएका थिए ।


कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष लाल बहादुर राना, ९ का वडाध्यक्ष ओपेन्द्र नाथयोगीले यूवा, मिडिया तथा स्थानीय सरकारको समन्वयमा गर्नसक्ने काम, योजना तथा सहकार्यका विभिन्न विषयवस्तुमाथी प्रकाश पारेका थिए । गोष्ठि भोलीसम्म संचालन हुने छ ।






