कोहलपुर, मंसिर ७,
गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा आयोजित बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन गरेको छ ।

रक्तदान कार्यक्रम इटहरी, बीरगञ्ज, नारायणगढ, काठमाडौं (बालुवाटार), पोखरा, बेनी, बुटवल र कोहलपुर गरी ८ स्थानमा एकैदिन सञ्चालन गरेको हो । कार्यक्रमअन्तर्गत कोहलपुर शाखाले ९१ प्वाइन्ट रगत संकलन गरेको शाखा प्रबन्धक श्रवण न्यौपानेले जानकारी दिए । बैंकले विभिन्न १६ विद्यालयमा शैक्षिक सामग्री वितरण, विद्यालय पोशाक, पानी फिल्टर मेसिन, स्वास्थ्य चौकीमा सरसफाइ सामग्री हस्तान्तरण, वृद्धाश्रमलाई खाद्यान्न सहयोग तथा चितवनमा वाटर डिस्पेन्सर प्रदान गरी देशभर १९ स्थानमा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गरेको छ ।

कोहलपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख प्रकाश देवकोटाले गरिमा विकास बैंकले वित्तीय सेवा प्रदान गर्ने मात्र नभई सामाजिक उत्तरदायित्वलाई समानरूपमा प्राथमिकतामा राख्दै आएको बताए ।

उनका अनुसार, बैंकले प्रत्येक वर्ष समुदायलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र यस वर्ष पनि विद्यालय, स्वास्थ्य संस्था तथा ट्राफिक सचेतना जस्ता महत्वपूर्ण क्षेत्रमा केन्द्रित गर्दै देशभर विभिन्न कार्यक्रमहरू विस्तार गरिएको छ । देवकोटाले सुर्खेतका विद्यालयहरूमा छात्र–छात्राहरूको सिकाइमा मद्दत हुने शैक्षिक सामग्री वितरण गरिएको उल्लेख गर्दै यसले ग्रामीण–समीकरण क्षेत्रका विद्यार्थीलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरे । त्यस्तै, दाङको महेन्द्र बहुमुखी क्याम्पसमा छात्राहरुलाई लक्षित गरि स्वास्थ्य सामाग्रीहरु अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

यसबाहेक, समुदायमा बढ्दो सवारीचाप र सडक दुर्घटनालाई ध्यानमा राखी बैंकले ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको देवकोटाले बताए । देवकोटाले भने,–‘गरिमा विकास बैंक वित्तीय क्षेत्रमै सीमित नबसी समाजको समग्र विकासमा योगदान पु¥याउने लक्ष्यका साथ अघि बढिरहेको छ । हाम्रो सामाजिक उत्तरदायित्वका गतिविधिहरू आगामी वर्षहरूमा अझ व्यापक र प्रभावकारी हुनेछन् ।’ “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारासहित बैंकले शनिबार दोस्रो संस्करणको दौड प्रतियोगिता पनि सम्पन्न गरेको छ थियो । जसमा १,००० भन्दा बढी धावक सहभागी भएका थिए । गरिमा विकास बैंकले वित्तीय सेवासँगै सामाजिक विकासमा समेत दरिलो भूमिकासहित अग्रसर हुँदै आएको जनाएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई झनै प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।




