कोहलपुर, माघ १६,
नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवी नेता, प्रखर राष्ट्रवादी विचारक तथा पूर्व उपप्रधानमन्त्री डा. भिम रावल पुनः प्रतिनिधि सभा निर्वाचनको राजनीतिक मैदानमा उभिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका डा. रावललाई अत्याधिक मतले विजयी गराउन पार्टीले आह्वान गरेको छ । सिद्धान्त, निष्ठा र राष्ट्रहितप्रति कहिल्यै सम्झौता नगर्ने नेताका रूपमा परिचित डा. रावल नेपाली राजनीतिमा वैचारिक स्पष्टता र निर्भीक अडानका कारण अलग पहिचान बनाएका व्यक्तित्व हुन् ।
अछामको माटोबाट राष्ट्रको राजनीतिसम्म
डा. भिम रावलको जन्म अछाम जिल्लामा भएको हो । ग्रामीण जीवन, अभाव र राज्यको बेवास्ता नजिकबाट अनुभूत गर्दै हुर्किएका उनले सानैदेखि अन्याय, असमानता र शोषणविरुद्ध आवाज उठाउने चेतना विकास गरे । यही चेतनाले उनलाई कम्युनिष्ट आन्दोलनतर्फ डो¥यायो । उनी शैक्षिक रूपमा पनि उच्च तहमा पुगेका नेता हुन् । राजनीति शास्त्रमा विद्यावारिधि (एजम्) हासिल गरेका डा. रावल बौद्धिक क्षमता र व्यवहारिक राजनीतिक अनुभवको सन्तुलित संयोजनका रूपमा चिनिन्छन् ।
कम्युनिष्ट आन्दोलनमाको यात्रा
विद्यार्थी राजनीतिबाट सक्रिय जीवन सुरु गरेका डा. रावल पञ्चायती शासनविरुद्धको आन्दोलन, बहुदलीय प्रजातन्त्रको स्थापनादेखि संविधान निर्माणसम्मका सबै ऐतिहासिक मोडमा सक्रिय रहे । उनी नेकपा (एमाले) का संस्थापक पुस्ताका नेता हुन् र संगठन निर्माण, वैचारिक संघर्ष तथा आन्दोलनको कठिन समयमा अग्रपंक्तिमा उभिएका नेता मानिन्छन् ।
संसदीय भूमिका र सरकारको अनुभव
डा. भिम रावल पटक–पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन् । संसदमा उनले सधैं राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा, सुशासन, सामाजिक न्यायका विषयमा सशक्त र निर्भीक आवाज उठाउँदै आएका छन् । नेपाल सरकारमा उनले उपप्रधानमन्त्री, पर्यटनमन्त्री, गृहमन्त्री तथा रक्षामन्त्री जस्ता जिम्मेवार पद सम्हालेका छन् । गृहमन्त्रीका रूपमा उनले राज्यको सार्वभौमिकता, कानुनी शासन र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिएको बताउँदै आएका छन् ।
राष्ट्रवादमा अडिग, सिद्धान्तमा स्पष्ट
डा. रावललाई नेपाली राजनीतिमा देशभक्त कम्युनिष्ट नेताका रूपमा विशेष रूपमा चिनिन्छ । कालापानी–लिपुलेक–लिम्पियाधुरा जस्ता सीमा मुद्दा, असमान सन्धि सम्झौता, विदेशी हस्तक्षेप र राष्ट्रिय आत्मनिर्भरताका सवालमा उनले कहिल्यै सम्झौता नगरेको राजनीतिक इतिहास छ । पार्टीभित्र समेत सिद्धान्तविपरीतका निर्णयप्रति असहमति जनाउन नडराउने नेताका रूपमा उनी चिनिन्छन् ।
लेखक, विचारक र वैचारिक बहसको केन्द्र
राजनीतिसँगै डा. रावल एक अधिवक्ता, लेखक र चिन्तक पनि हुन् । उनका लेख, अभिव्यक्ति र सार्वजनिक बहसहरूमा कम्युनिष्ट विचारधारा, राष्ट्रकेन्द्रित अर्थनीति र स्वाधीन कूटनीतिक दृष्टिकोण स्पष्ट देखिन्छ ।
अछाम–१ मा किन डा. भिम रावल ?
अछाम क्षेत्र नम्बर १ का लागि डा. रावल केवल उम्मेदवार मात्र होइनन्, अनुभव, वैचारिक स्पष्टता, राष्ट्रिय स्तरको प्रभाव र जनताको पक्षमा निर्भीक आवाज हुन् । सबै पक्षका सक्षम प्रतिनिधि हुन् । यो निर्वाचन केवल जित–हारको प्रश्न होइन, सिद्धान्त र अवसरवादबीचको छनोट हो । डा. भिम रावलको उम्मेदवारी राष्ट्रवाद, कम्युनिष्ट प्रतिबद्धता र जनमुखी राजनीतिका पक्षमा उभिएको स्पष्ट सन्देश हो ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. भिम रावलले सुदूरपश्चिमका जनताको आवाज सधैं संसद र सरकारसम्म पु¥याउँदै आएको दाबी गरेका छन् । चुनावी जनसम्पर्कका क्रममा गृह जिल्ला अछामा रहेका डा. रावलले आफू निर्वाचित भएका हरेक कार्यकालमा सुदूरपश्चिमको विकास, पहिचान र राज्यबाट हुँदै आएको विभेदका विषयमा निरन्तर आवाज उठाएको बताए । उनले भने,–‘सुदूरपश्चिम सधैं राज्यको नजरमा पछाडि पारियो, म संसदमा पुगेदेखि नै यहाँका समस्या, पीडा र सम्भावनालाई सरकारसम्म पु¥याउने काम गर्दै आएको छु । अछाम र सुदूरपश्चिमको मुद्दा मेरो व्यक्तिगत होइन, राष्ट्रिय मुद्दा हो ।’
जेन्जी आन्दोलनका घटनाप्रति सरकारको कडा आलोचना
डा. रावलले गएको भदौ २३ गते भएको जेन्जी आन्दोलनका क्रममा एक युवाको ज्यान गएको र दर्जनौं घाइते भएको घटनाप्रति सरकारको कडा आलोचना गरेको बताए । उक्त घटनालाई राज्यको असंवेदनशीलता र दमनको परिणाम भएको बताए । डा. रावलले आगामी निर्वाचनमा आफू जनताको विश्वास, विगतको काम र स्पष्ट वैचारिक अडानका कारण विजयी हुने विश्वास व्यक्त गरे । अवसरवाद र सम्झौतावादी राजनीतिभन्दा सिद्धान्तमा आधारित राजनीति नै जनताले रोज्ने उनको भनाइ छ । उनी भन्छन्,–‘मैले जनताको पक्षमा बोलेको छु ।’

