कोहलपुर, माघ २०,
बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै जनताको घर–आँगनसम्म पुगिरहेका छन् ।
टोल–टोल, गल्ली–गल्लीमा पुगेर उनले सर्वसाधारणका समस्या सुन्ने मात्र होइन, समाधानका लागि स्पष्ट प्रतिबद्धता पनि व्यक्त गरिरहेका छन् । घरदैलो अभियानका क्रममा उम्मेदवार बिष्टले सडक, खानेपानी, ढल, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत मुद्दालाई प्राथमिकतामा राखेका छन् । स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले “राजनीति भाषणका लागि होइन, जनताको जीवन सहज बनाउनका लागि हुनुपर्छ” भन्ने धारणा दोहो¥याएका छन् ।
युवा, मजदुर, साना व्यापारीदेखि ज्येष्ठ नागरिकसम्मसँगको भेटघाटमा बिष्टले सबैको कुरा ध्यानपूर्वक सुन्दै आफू जनताको प्रतिनिधि भएर संसद्मा पुग्ने लक्ष्यमा रहेको बताएका छन् । उनको सरल व्यवहार, सुन्ने क्षमता र कामप्रति देखिएको प्रतिबद्धताले मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ । स्थानीयवासीहरूका अनुसार दिपेन्द्र बिष्टको उपस्थितिले चुनावी माहोल मात्र होइन, परिवर्तनप्रतिको आशा पनि जगाएको छ ।
बाँके क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा दिपेन्द्र बिष्टको जनमुखी शैली र सक्रियताले मतदाताको ध्यान तान्दै गएको छ । जनताको बीचमा उभिएर, जनताकै आवाज बोकेर अघि बढ्ने उनको यात्राले चुनावी परिणामलाई प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

