कोहलपुर, माघ २०,
नवलपरासी र महोत्तरीस्थित राष्ट्रिय सेवा दलका तालिम शिक्षालयहरूमा माघ २० गते आयोजित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहबाट १ हजार ८० जना क्याडेट छात्रछात्रा दीक्षित भएका छन् ।
युवाहरूलाई अनुशासित, मर्यादित तथा राष्ट्रप्रति समर्पित देशभक्त नागरिक बनाउने उद्देश्यले सञ्चालन भइरहेका सिनियर तथा जुनियर डिभिजन तालिमहरूबाटहालसम्म ८९ हजार ८९४ जना दीक्षित भइसकेका छन् । दीक्षान्त कवाज समारोहमा प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । साथै राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल लगायत उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
समारोहका क्रममा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सेवा दलको तालिमले युवामा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रिय भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएकी थिईन् ।

