बाँके–३ मा दीपक जि.एम. को दाबी बलियो, महामारीकालीन सेवाले बढायो राजनीतिक प्रभाव

कोहलपुर, माघ २२,

प्रतिनिधि सभा निर्वाचन-२०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपक जि।एम। चुनावी प्रतिस्पर्धामा उत्रिएसँगै स्थानीय राजनीतिक माहोल तातेको छ।

चुनावी नारा र प्रचारभन्दा कार्यसम्पादनलाई प्राथमिकता दिएको छवि निर्माण गरेका जि.एम.लाई यस क्षेत्रको प्रतिस्पर्धामा प्रभावशाली दाबेदारका रूपमा हेरिन थालिएको छ। कोभिड-१९ महामारीको चरम अवस्थामा देशव्यापी बन्दाबन्दी लागू हुँदा राज्य संयन्त्र कमजोर देखिएको र सर्वसाधारण भय तथा अन्योलमा रहेको अवस्था थियो। त्यही समयमा जि।एम। कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन तथा अन्त्येष्टि कार्यमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए। जोखिमपूर्ण अवस्थामा समेत उनी अग्रपंक्तिमा सक्रिय देखिएको स्थानीयवासीहरूको भनाइ छ।

महामारीका बेला अधिकांश नागरिक घरभित्र सीमित रहँदा जि.एम. पीडित परिवारको सहयोगमा निरन्तर खटिएको घटनाले उनको सामाजिक छवि बलियो बनेको विश्लेषण गरिएको छ। स्थानीय स्तरमा उनलाई संकटको समयमा जनताको साथ दिने नेतृत्वका रूपमा चित्रण गर्ने गरिन्छ। बैजनाथ गाउँपालिका-५ निवासी जि।एम। मध्यम वर्गीय परिवारबाट राजनीतिमा उदाएका युवा नेता हुन्। उनी विवादरहित छवि, सरल जीवनशैली र जनमुखी गतिविधिका कारण क्षेत्रीय राजनीतिमा पहिचान बनाउँदै आएका छन्। भड्किला भाषणभन्दा व्यवहारिक काममा विश्वास गर्ने नेताका रूपमा उनलाई चिन्ने गरिएको छ।

यस निर्वाचन क्षेत्रमा जि।एम। सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाली कांग्रेसका अम्मर सिंह पुन र नेकपा एमालेका सुमन मल्लबीच प्रतिस्पर्धा हुँदैछ। बहुदलीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा मतदाताको झुकाव कसतर्फ जाने भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार जनतासँग प्रत्यक्ष सम्पर्क र सामाजिक सेवामा सक्रिय सहभागिताले जि।एम। लाई अन्य उम्मेदवारभन्दा अलग पहिचान दिएको छ। यद्यपि लामो समयको राजनीतिक यात्रापछि पहिलो पटक प्रत्यक्ष जनमतको सामना गर्नु उनका लागि चुनौतीपूर्ण रहने देखिन्छ।

विकास निर्माण, सुशासन, रोजगारी सिर्जना र सामाजिक न्यायलाई मुख्य चुनावी एजेन्डा बनाएका जि.एम. जेन-जी आन्दोलनका क्रममा भएको सरकारी दमनविरुद्ध खुलेर अभिव्यक्ति दिएका कारण पनि परिवर्तनको पक्षधर नेताका रूपमा चर्चामा छन्। बाँके.३ मा यसपटकको निर्वाचन परिणामले स्थानीय राजनीतिक सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने आँकलन गरिएको छ। जनताबीच बढ्दो राजनीतिक सक्रियता र उम्मेदवारहरूको प्रतिस्पर्धाले निर्वाचनलाई थप रोचक बनाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !