आजबाट एचपीभी खाेप अभियान सञ्चालन, गंगा माविका २५ किशोरीलाई खाेप दिईयाे

टेकराज भण्डारी, अछाम,

कोहलपुर, माघ २७,

किशाेरीहरुलाई पाठेघरकाे मुखकाे क्यान्सरको जाखिमबाट बचाउने उद्देश्य गंगा माविका किशोरी विद्यार्थीलाई एचपीभी खाेप लगाईएकाे छ ।

एचपीभी खाेप  अभियान अन्तर्गत १० देखि १४ बर्ष उमेरका कक्षा ६ मा अध्ययन गर्ने २५ जना किशोरीलाई खाेप दिईएकाे आधारभूत स्वास्थ्य सेवा केन्द्र भन्थानका प्रमुख कृष्ण प्रसाद जैसीले जानकारी दिए । पाठेघरकाे मुखकाे क्यान्सर गराउने प्रमुख भाईरस एचपीभीबाट बचाउनकाे लागि याे खाेप प्रभावकारी हुने भएकोले याे खाेप अभियानकै रुपमा सञ्चालन गरिएको प्रमुख जैसीले बताए ।

साथै हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत गत बर्ष खाेप लगाउन छुटेका तथा विद्यालय नजाने गत बर्ष खाेप नलगाएका ११ देखि १४ बर्ष उमेर समुहका किशोरीलाई पनि खाेप लगाउने कार्यक्रम रहेकाे छ । खाेप अभियान अन्तर्गत मंगलबार गंगा माविमा खाेप शुरुवात कार्यक्रममा मंगलसैन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, गंगा माविका प्रधानाध्यापक माेतिराम भण्डारी, स्वास्थ्यकर्मीहरु मीना भण्डारी, रजना ओड, अनिता भण्डारी लगायतको सहभागीता रहेको थियाे ।

मंगलबार विद्यालयमा खाेप कार्यक्रम सञ्चालन भएको र बुधबार भन्थान आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खाेप कार्यक्रम सञ्चालन गरिने बताईएकाे छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !