कोहलपुर, असोज २३, नेपाल विद्युत् प्राधिकरण, कोहलपुर वितरण केन्द्रले बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित श्री गणेश माध्यमिक विद्यालयमा विद्युतीय सुरक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित एकदिने कार्यक्रममा कक्षा ९ का करिब ५० जना विद्यार्थी तथा शिक्षक–शिक्षिकाको...
कोहलपुर, असोज २३, भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि कोहलपुर नगरपालिकाले २३ लाख ८४ हजार ६९५ रुपैयाँ संकलन गरी सम्बन्धित कोषमा जम्मा गरेको छ । कोहलपुर नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको तर्फबाट उक्त रकम संकलन...
कोहलपुर, असोज २३, नेपाल विद्युत् प्राधिकरणले अनलाइन माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्ने सम्पूर्ण उपभोक्तालाई थप सुविधा दिने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको हो । नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख...
कोहलपुर, असोज २३, चाडपर्वमा महिला सुरक्षा र सामाजिक जिम्मेवारी विषयक अन्तरक्रिया तथा दशैँ, तिहारको शुभकामना आदानप्रदान कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ । सञ्चारिका समूह नेपालको बाँके शाखाको आयोजनामा तथा कोहलपुर नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष रूपा...
प्रकृति प्रेमी कोहलपुर, असोज २२, लेखक, पत्रकार तथा उपन्यासकार स्मारिकाको उपन्यास ‘ब्लुम’ माथि चितवनमा चर्चा गरिएको छ । मंगलबार साँझ नारायणगढस्थित सम्पूर्ण किताबमा आयोजित कार्यक्रममा उपन्यासकार स्मारिका तथा प्रकाशन गृहका सूर्य बिसीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्राध्यापक तथा समालोचक...
कोहलपुर, असोज २०, बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा भएको विवादसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रकरणमा सहारा टिभीका सञ्चालक हिमांशु शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शाहीलाई कोहलपुरस्थित एनटिभी रोडबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा...
कोहलपुर, असोज १९, आगामी २–३ दिन देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेषगरी कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई पछिल्लो मौसमी सूचना र मौसम पूर्वानुमानबारे नियमित...
कोहलपुर, असोज १९, कोहलपुरको थापा पोलिक्लिनिकमा भएको भनिएको घटनाले यतिबेला स्वास्थ्यकर्मीमाथि लागेको आरोप र त्यसको अनुसन्धानसँगै अर्को गम्भीर प्रश्न पनि खडा गरेको छ । घटना बाहिर ल्याउने क्रममा पीडित भनिएकी युवतीकै गोपनीयताको ख्याल किन गरिएन ? पोलिक्लिनिकभित्र भएको भनिएको घटनाको...
कोहलपुर, असोज १७, नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आगामी माघ १ गतेदेखि विद्युत महसुल भुक्तानीका लागि कार्यालयमा रहेका सबै भौतिक काउन्टर बन्द गर्ने भएको छ । केन्द्रले ग्राहकलाई मोबाइल बैंकिङ, खल्ती, इसेवा तथा अन्य अनलाइन माध्यमबाट विद्युत महसुल भुक्तानी...
कोहलपुर, असोज १६, नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले कोहलपुर–१० स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा एक दिने ‘विद्युतीय सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेको छ। असोज १६ गते वितरण केन्द्र प्रमुख रमेश अवस्थीसहितको टोलीले आयोजना गरेको कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा...
कोहलपुर, असोज १३, नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, बाँकेको क्षेत्रीय कार्यसमिति सभापतिमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय सभापति पदका प्रत्यासी पोषण केसीले आफ्नो उम्मेदवारी स्थगन गर्दै आचार्यलाई समर्थन गरेपछि आचार्य सर्वसम्मत...
कोहलपुर, असोज १२, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि खस–आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार लालबहादुर रानाले उम्मेदवारी दिएका छन् । कोहलपुर नगरपालिका–८ का हालका वडाध्यक्षसमेत रहेका राना स्थानीय तहमा जनप्रतिनिधिका रूपमा सक्रिय रहँदै आएका छन् । वडाध्यक्षका रूपमा स्थानीय विकास,...