आमासमुह र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप सम्बन्धी जानकारी मुलक कार्यक्रम सम्पन्न

कोहलपुर, कार्तिक २९,

बैजनाथ गाउँपालिका स्थित च्यामाका आमासमुह र महिला स्वास्थ्य स्वयंसेविका माझ खोप सम्बन्धी जानकारी मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

रोटराक्ट क्लब अफ नेपालगंज मेडकल कलेजद्वारा विश्व खोप दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका संयोजक सोनाली गुप्ताका अनुसार कार्यक्रममा राष्ट्रिय खोप तालिकामा भएका खोपहरुको बारेमा सहभागीलाई जानकारी दिईएको थियो । नवजात शिशुलाई कुन खोप कहिले लगाउने, खोप लगाए पछिको साइड इफेक्ट्स, कुन खोपले कुन रोगबाट बचाउने, खोपको महत्व, कोभिड विरुद्धको खोप, पाठेघरको मुखको क्यान्सरबाट बच्नको लागि लगाइने खोप लगायतका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा आयुष्वि राज्यलक्ष्मी शाह, प्रवीण विश्वकर्मा, शिक्षा रिजाल, पूर्णिमा नायक र मनिष गोईत लगायतको संलग्नता रहेको प्रिन्स ठाकुरले जानकारी दिएका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !