बालबालिकालाई ४ दिने नेतृत्व विकास तालिम मुक्ती प्रा.वि.मा सम्पन्न

कोहलपुर, मंसिर १३,

मुक्ति आधारभूत विद्यालय कोहलपुर बाँकेमा ४ दिने नेतृत्व विकास तथा उदघोषण तालिम समापन भएको छ ।

सोमबारदेखि सुरू भएको तालिम बिहीबार समापन भएको हो । कोहलपुर नगरपालिका २ मा रहेको मुक्ति आधारभूत विद्यालय कोहलपुरका बालबालिकालाई ४ दिने नेतृत्व विकास तथा उदघोषण तालिम बिहीबार एक भव्य कार्यक्रमका बिच समापन भएको हो । कोहलपुर नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोग तथा संगम मिडियाको आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।

संगम मिडियाका अध्यक्ष हेमन्त बि.क.को अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर २ का अध्यक्ष हरि सिंह कठायत रहेका थिए । प्रमुख अतिथी कठायतले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै उनले महिला सशक्तिकरणका लागि बोल्नेकला अत्यावश्यक भएको बताएका छन् । संस्थागत नेतृत्व विकास गराउन तथा बालबालिकालाई बोल्ने सीप सिकाउँदै वडामा हुने विविध कार्यक्रम संचालन गर्नका लागि सहयोग पु¥याउन तालिमको आयोजना गरिएको प्रमुख अतिथी तथा प्रमुख अतिथी कठायतले बताए ।

क्ठायतले तालिमबाट आगामी दिनमा बालबालिकाहरुलाई नेतृत्व विकास तथा उद्घोषणमा सहज हुने बताए । समापन कार्यक्रममा बोल्दै प्रशिक्षक रूपा गहतरातले यस्ता तालिमले आत्मविश्वास बढाउनुका साथै व्यक्तिमा निखारता ल्याउने भएकाले सक्रियता सहभागिता हुनुपर्नेमा जोड दिईन् । तालिम निकै नै प्रभावकारी रहेको र वडाले आगामी दिनमा समेत यस्तै कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने गहतराजले बताईन् ।

यस्तै प्रशिक्षक हिरा केसी सुवेदीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरिन् । उनले तालिममा सिकेका विषयवस्तु आआफ्नो टोल, घर, आफ्ना साथीहरुलाई पनि सिकाउन सकिने बताईन् । समापन समारोहमा तालिममा सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा प्रबन्धक निर्देशक धना केसीले र पवित्रा परियारले सहजिकरण गरेका थिए भने तालिममा ४० जना सहभागी रहेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !