बजेट पुग्दो छैन, आफू मन्त्री हुँदा राम्रा काम भएका थिए  : राम कुमारी झाँक्री

कोहलपुर, जेठ १६,

पूर्व भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले हालै कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारको बजेट नीतिप्रति असन्तुष्टि जनाउँदै आफू मन्त्री हुँदा उल्लेखनीय उपलब्धिहरू भएको दाबी गरेकी छन् ।

पत्रकारहरूसँग कुराकानी गर्दै झाँक्रीले अहिले आएको बजेट विकासको गतिलाई अघि बढाउँन प्रयाप्त नभएको बताईन् । पहिलेका वर्षजस्तै यस वर्ष पनि उस्तै खालको वजेट ल्याईएको बताउँदैं झांक्रीले भनिन्,–‘जनताको आवश्यकतालाई सम्बोधन गर्न बजेट पुग्दो छैन ।’ उनले आफू मन्त्री हुँदा धेरै दूरदर्शी योजना बनाएका बताईन् ।

सडक सञ्जाल विस्तार, शहरी विकास र आवास कार्यक्रममार्फत आम जनतासम्म सेवा पु¥याउने प्रयास गरिएको बताईन् । अहिले ती प्रयासहरू निरन्तरता नपाउँदा निराशाजनक स्थिति सिर्जना भएको छ । उनका अनुसार, शहरी पूर्वाधारको सुधार, स्थानीय तहसँगको समन्वय, र महिला–मैत्री योजना कार्यान्वयनमा आफूले नेतृत्वदायी भूमिका खेलेको बताईन् । उनले अहिलेको सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको आरोप पनि लगाइन् । पत्रकार सम्मेलनमा स्थानीय विकास, सडक निर्माणको अवस्थाबारे पनि चर्चा भएको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !