नेपाली चलचित्र ‘परान’ हालै रिलिज भएसँगै दर्शक र समीक्षकबीच व्यापक चर्चा भइरहेको छ । निर्देशक तथा लेखक दीपक प्रसाद आचार्य (काकु) ले निर्माण गरेको यो चलचित्र देशव्यापी कात्तिक १४ गतेदेखि प्रदर्शनमा आईरहेको छ । यसको ट्यागलाइन “साँसले होइन, साथले चल्छ” ले चलचित्रको मुख्य भाव व्यक्त गर्दछ । ‘जीवन केवल श्वास–प्रश्वासमा होइन, सम्बन्ध र भावनात्मक साथमा चल्ने हो’
‘परान’को कथा गाउँको साधारण परिवेशबाट सुरु हुन्छ । बुढा बाआमा अझै जवान जस्तै देखिने दृश्यले सुरुवात हुन्छ । र गाउँको सुन्दर जनजीवन, अर्गानिक खाना, हरियो बारी र पहाडी वातावरण चलचित्रमा चित्रण गरिएको छ । तर चलचित्रले हालको युवा पुस्ताको विदेश जाने मोह र गाउँ छाडेर शहरमा बसाई सर्नेको तथ्यलाई पनि देखाउँछ । गाउँ रित्तिदै गएको उदास दृश्य, सन्तान विदेश जाँदा बाआमामा आएको एक्लोपना र अशक्तता, युवाहरूले देशमा भविष्य नदेख्ने अनुभवले गाउँको सांगीतिक र भावनात्मक वातावरणलाई अझ गहिरो बनाएको छ ।
चलचित्रले बाआमाले आफ्ना सन्तानमा देखेको सुन्दर सपना र त्यसको तुहिएको अनुभूतिलाई पनि केन्द्रमा राखेको छ । बुढा बाआमाको मनमा हल्का बुहारीका कारण सन्तान टाढिनु पर्ने पीडा पनि देखाइएको छ । जसले सम्बन्धको जटिलता र भावनात्मक गहिराई थपेको छ । अन्त्यमा चलचित्रले दर्शकलाई भावनात्मक रुपमा छोएको दृश्य प्रस्तुत गर्दछ । मदन कृष्ण श्रेष्ठले आफ्नो चिहान आफैले खनेको दृश्य निकै पीडादायी छ । छोरो घर फर्किदा औषधी आएको महशुस गरेका मदन कृष्ण श्रेष्ठको दृश्यले शक्ति, आशा र भरोसाको सन्देश दिन्छ ।
चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । महेश त्रिपाठी बाआमाको प्रेम र आशाको भावनामा अब्बल अभिनय, अञ्जना बराईली, केकी अधिकारी, बुद्धि तामाङ अन्य मुख्य पात्रको उत्कृष्ठ अभिनय, नीर शाह कथा र भावनात्मक टोनमा बलियो उपस्थित । दर्शक र समीक्षकले दोस्रो हाफमा कथा अलि कमजोर भए पनि, अन्त्यमा आएको भावनात्मक शिखरले सम्पूर्ण अनुभवलाई मनमा गहिरो प्रभाव पार्ने बताएका छन् । गाउँको हरियाली, पहाडी कुहिरो, नदी, घर–बारी र साधारण जीवनको चित्रण अत्यन्त आकर्षक । बाआमा र सन्तानबीचको सम्बन्ध, विदेश जाने वास्तविकता, बुहारीको सुन्दर भविष्यको परिकल्पनाका कारण टाढिनु पर्ने पीडा, र बाआमाको आशा, हताशाको मिश्रणले दर्शकको मनमा गहिरो छाप छोड्छ ।
जीवन केवल साँस–प्रश्वासमा होइन, सम्बन्ध, भरोसा र साथमा सुन्दर हुन्छ । गाउँको प्राकृतिक सौन्दर्य, हरियो बारी, कुहिरो, नदी र हल्का सुनसान वातावरणले चलचित्रलाई जीवन्त बनाएको छ । ‘परान’ केवल चलचित्र होइन, गाउँ, परिवार र युवा पुस्ताबीचको सम्बन्धको कथा हो । यसले दर्शकलाई हाँस्न, रोएर भावविभोर हुन, अनि आफ्नै जीवन र सम्बन्धमा सोच्न बाध्य बनाउँछ । विशेषगरी चलचित्रको अन्त्यले दर्शकको मन–मुटुमा भावनात्मक “भुकम्प” ल्याउने शैलीमा समापन हुन्छ, जहाँ बाआमाले सन्तानसँगै बस्न नसक्दा महसुस गर्ने एक्लोपना, पीडा र आशाको मिश्रण जीवन्त रूपमा देखाइएको छ ।
बिधुत्मा रैका



