पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरद्धारा फरक शैलीको कार्यक्रमको अभ्यास

प्रकृति प्रेमी,

कोहलपुर, पुष १,

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले फरक शैलीको कार्यक्रमको अभ्यास गरेको छ ।

प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा सभापति प्रमुख अतिथी तथा अतिथी नराखेर
प्रतिष्ठानले यस क्षेत्रको साहित्यलाई थप अगाडि बढाउन ‘सङ्घर्ष संगाती’ कार्यक्रम सुरु गरेको छ । साहित्यको क्षेत्रमा विशेष परिचय बनाएका साहित्यकारहरुको वैयक्तिक सम्बन्ध, साहित्य यात्रा, शिक्षा आदि क्षेत्रका सँगसँगै योगदान र सङ्घर्षबारे अन्तरङ्ग संवाद गर्न सङ्घर्ष संगाती कार्यक्रम सुरु गरिएको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजालले बताए ।

‘सङ्घर्ष संगाती’ कार्यक्रमको पहिलो कार्यक्रममा कोहलपुरमा रहेर विगत लामो समयदेखि साहित्यको क्षेत्रमा सक्रिय रहनुभएका महानन्द ढाकाल र सुमित्रा न्यौपानेको अन्तरङ्ग संवाद प्रस्तुत गरिएको थियो । कार्यक्रममा उहाँ दुबैले आफ्नो बाल्यकाल, किशोर अवस्था, विवाह, साहित्य यात्रा र जीवनशैलीका साथै शिक्षण अनुभवलाई खुलरै सुनाएका थिए ।

कार्यक्रममा सहभागी साहित्यकारको सो जोडीले विभिन्न स्तरीय साहित्यिक कृति प्रकाशन गरेका छन् । सो कार्यक्रममा बाँकेका ६ दर्जनभन्दा बढी साहित्यिक तथा शिक्षा क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रम निकै नौलो र रोचक रहेको जनाउँदै यस्ता कार्यक्रमबाट भर्खरै साहित्य क्षेत्रमा पाइला टेकेका र अन्यलाई पनि धेरै कुरा सिक्ने अवसर मिल्ने सहभागी साहित्यकार केशव निमेषले बताए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !