सेपुखोला खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुँदै

कोहलपुर, कार्तिक ९,

बारेकोट गाउँपालिका वडा नम्बर ८ सेपुखोला जाजरकोटमा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

‘राष्टका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ’ कार्तिक १३ गतेदेखि विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन हुनेछन् । शुभ दीपावलीको अवसरमा आयोजना हुँदै आएको खेलकुद तथा साँस्कृतिक कार्यक्रम कार्तिक १३ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

३ विधामा रहेर खेलकुद संचालन हुने छ । खुला फुटसल, वडा स्तरिय भलिबल तथा डवल व्याडमिन्टन प्रतियोगिता हुनेछ । खुला फुटसल तर्फ प्रथम पुरस्कार ४१ हजार १ सय ११, द्वितीय पुरस्कार २१ हजार १ सय ११ तथा मेडल प्रमाणपत्र प्रदान गरिने छ । दर्ता शुल्क ४ हजार ५सय रहेको छ । मेडल प्रमाणपत्रसहित वडास्तरीय खुला भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार २१ हजार १ सय ११, द्वितीय पुरस्कार १५ हजार १ सय ११, तृर्तिय पुरस्कार ११ हजार १ सय १ रहेको छ । दर्ता शुल्क २ हजार रहेको छ ।

यस्तै मेडल प्रमाणपत्र खुला डबल ब्याडमिन्टनतर्फ प्रथम पुरस्कार ११ हजार १ सय ११, द्वितीय पुरस्कार ५ हजार १ सय ११ रहेको छ भने दर्ता शुल्क १ हजार ५ सय रहेको आयोजक सेपुखोला मेला आयोजक समिति अध्यक्ष आनन्द हमालले बताएका छन् । साँस्कृतिक कार्यक्रम कार्तिक १८ गते साँझ ७ बजेदेखि सुरु हुने पहरा नेपालका सह–सम्पादक रमेश शाही ठकुरीले जानकारी दिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !