दीपज्योति माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकहरु माझ जनचेतनामुलक कार्यक्रम

कोहलपुर, मंसिर १४,

बाँकेको चिसापानी स्थित दीपज्योति माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकहरु माझ जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

विश्व प्रतिजैविक प्रतिरोध(Antimicrobial Resistance–AMR) सप्ताहको अवसरमा रोट्रयाक्ट क्लब अफ नेपालगंज मेडिकल कलेजले दीपज्योति माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकहरु माझ जनचेतनामुलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा संयोजक सोनाली गुप्ताले एन्टिबायोटिक भनेको के हो, प्रतिजैवीक प्रतिरोध कसरी विकास हुन्छ, अनावश्यक र अत्याधिक रूपमा प्रयोग नगर्ने, डोज पूरा गरेर मात्र छोड्ने, यसले निम्त्याउने खतराहरु, प्रतिरोध रोकथाम गर्ने उपायहरू, सरसफाई र यसको महत्व, डाक्टरको सल्लाह अनुसार एन्टिबायोटिक औषधिको प्रयोग लगायत अत्यन्तै उपयोगी विषयहरू बारेमा विस्तृत जानकारी गराएकी थिईन् ।

कार्यक्रममा कक्षा ८, ९ र १० कक्षा गरि करिब एक सय जना विद्यार्थीको सहभागिता रहेको थियो भने करिब ५० जना अविभावकहरु रहेका थिए । कार्यक्रममा एमबिबिएस अध्ययनरत विद्यार्थी प्रवीण विश्वकर्मा, दीक्षित पोख्रेल, ब्रिज चौरसिया, स्लेशमा महर्जन, आश्विन मण्डल, शिक्षा रिजाल, सुमित शाह, राज वर्मा लगायतको महत्वपूर्ण भूमिका रहेको थियो । आउँदा दिनहरूमा पनि क्लवले आफ्नो वरिपरिको समुदायमा पहिलेको झैँ निरन्तर कार्यक्रम गरि समाजलाई स्वस्थ पार्ने काम गरिराख्ने यस क्लबका अध्यक्ष प्रिन्स ठाकुरले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !