कोहलपुर, मंसिर २३,
व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेको अध्यक्षमा पुनः शेषकान्त शर्मा चयन भएका छन् ।
शनिबार भएको पाँचौ साधारण सभा एवं दोश्रो अधिवेशनबाट व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेको अध्यक्षमा शेषकान्त शर्मा चयन भएका हुन् । यस्तै सञ्जालमा वरिष्ठ उपाध्यक्षमा सफी मो. गुजर, उपाध्यक्षमा झविन्द्र जि.सी., महिला उपाध्यक्षमा शारदा शर्मा, महासचिवमा विष्णु पोखरेल, सचिवमा गौरव रेग्मी र कोषाध्यक्षमा विष्णु कुमारी चौधरी रहेका छन् । त्यस्तै सदस्यहरुमा सन्तवीर सुनार, उदिराम वली, नन्दा सिँजाली, चन्द्र बहादुर जि.सी., तेजाकुमारी वली, कमला अर्याल र राजु चौधरी रहेका छन् । यस्तै कानूनी सल्लाहाकारमा नरेन्द्र न्यौपाने र प्रेस सल्लाहाकार डिल्ली शाही रहेका छन् ।
बाँकेका ८ वटै पालिकाबाट व्यवसायिक कृषक सञ्जाल नेपालमा आवद्ध रहेका कृषकहरुको उल्लेख्य सहभागितामा पाँचौ साधारण सभा एवं दोश्रो अधिवेशन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीले किसानका हक अधिकारका लागि राज्यले नै नीतिगत रुपमा योजना बनाई किसानलाई सहयोग गर्नुपर्ने बताए ।
वास्तविक किसानहरुले उन्नत जातको विउ, विजन, मल तथा औजारहरु पालिकाले खरिद गरी किसानहरुलाई दिनुपर्ने बताउँदै प्रभावकारी र गुणस्तरीय समाग्रीहरु वितरण गर्नुपर्ने सभा सदस्य चौधरीले बताए । यस्तै सञ्जालका उपाध्यक्ष शारदा शर्माले अतिथि एवं सहभागिहरुलाई स्वागत गरेकी थिइन् भने सञ्जालकी कोषाध्यक्ष विष्णु कुमारी चौधरीले वार्षिक आय व्यय प्रस्तुत गरेकी थिइन् । यस्तै सञ्जालका महासचिव विष्णु पोखरेलद्धारा ‘बाँकेमा किसान र कृषि अवस्था’ नामक कार्यपत्र तयार गरी साधारण सभामा समेत प्रस्तुत गरेका थिए ।