कोहलपुर, पुष २,
मितेरी सहकारी संस्था लिमिटेड कोहलपुर ११ बाँकेको १७औं स्थापना दिवस सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अन्जीर बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी बैंक शाखा कोहलपुरका प्रबन्धक अजय रोकाय प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि जनविश्वास बहुउद्देश्यीय सहकारी संस्था कोहलपुरका प्रबन्धक माधव प्रसाद पोखरेल रहेका थिए । कार्यक्रममा सल्लाहकार उपसमिति संयोजक, सदस्य, संस्थापक सदस्य, को सहभागिता रहेको थियो । भने कार्यक्रमको संचालन संस्थाका संस्थाका सचिब भरत कठायतले गरेका थिए ।
दिवसका अवसरमा सहकारी नियमन, संचालन, व्यवस्थापन लगानी असुली सम्बन्धी विविध बिषयहरूमा छलफल गरिएको थियो ।