स्व. वीरेन्द्र स्मृित क्रिकेट प्रतियोगितामा सि यूवा क्लब नेपालगन्जको विजयी शुरुवात

कोहलपुर, फागुन १५,

बाँकेको कोहलपुरमा स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता बिहीबारबाट प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान केहलपुरमा सुरु भएको छ ।

कोहलपुर ३ किरननालाका स्व. वीरेन्द्र शाहीको स्मृतिमा कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लबको आयोजनामा वीरेन्द्र शाहीको स्मृतिमा तेस्रो संस्करण अन्तरगत खुल्ला टि २० क्रिकेट प्रतियोगिता सुरु भएको हो । खेल उदघाटन गर्दै लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब किरण गौतमले लुम्बिनी प्रदेशलाई खेलकुदको हव वनाउने वचनवद्धता ब्यक्त गरेका छन । उनले चालु वर्षमा खेल क्षेत्रमा न्युन बजेट भएकाले प्रदेशभरी हुने खेलकुदमा खर्च व्यवस्थापन गर्न नसकेको उल्लेख गरेका छन् ।

उनले आगामी वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट विनियोजनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए । प्रदेशभरी उर्वर युवाहरु भएको र उनीहरुको सच्चा देशभक्तिलाई उच्च सम्मान गर्दै प्रदेश खेलकुद समितिले यथेष्ठ खेलकुदमा सहभागिता गराउने ध्येय लिएकाले कसैलाई पनि काखापाखा नगरी प्रदेशले देखिने खालका खेलकुदका कार्यहरु गर्न तथा खेल क्षेत्रलाई प्राथामिकतामा राखेको उल्लेख गरे ।

क्लबका अध्यक्ष गम्भिरजंग मल्लको अध्यक्षतामा आयोजित उद्घाटन शत्रमा कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसि, वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, पुर्व राष्ट्रिय क्रिकेटका कप्तान एलवि क्षेत्री लगाएतले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

उद्घाटन खेल सि.एम ११ दाङ्ग र सि क्लव नेपालगंजबिच सम्पन्न भएको छ । स्व. वीरेन्द्र शाही स्मृति खुल्ला टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा सि यूवा क्लब नेपालगन्जले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा सि यूवा क्लब नेपालगंजले दिएको १२३ रनको लक्ष्य पछ्याएको सि.एम एघार युवा क्लब दाङ्गले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन मात्र बनाए पछि खेल सि यूवा क्लब नेपालगंजले जितेको हो । सि युवा क्लब १० रनले आजको खेलमा विजयी भएको हो । सि.एम एघार युवा क्लब दाङ्गका लागि नवराज शाहीले सर्वाधिक ३५ रन बनाएका थिए भने आकाश खत्रीले २९ रन बनाएका थिए ।

सि यूवा क्लब नेपालगंजका अजय शाहानीले सर्बाधिक ३ विकेट लिए भने निशान्त आचार्य र सौगात खत्रीले समान २–२ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ्ग गरेको सि यूवा क्लब नेपालगंजले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १२२ रन बनाएको थियो । सि यूवा क्लब नेपालगंजका लागि अनिल गिरीले सर्वाधिक २२ रन बनाएका थिए । शुसान्त शाहीले २०, विनायक गिरीले १९ र सौगात खत्रीले १३ रन प्रहार गरेका थिए । सि.एम एघारका बलर अस्मित शाहीले ४, विष्णु शाहीले २ विकेट लिए ।

नकआउट चरणमा खेलिने खेलमा सि.एम एघार दाङ्गले हार बेहोरेसंगै स्व. वीरेन्द्र शाही स्मृति खुल्ला टि–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको दोस्रो खेल फागुन १७ गते विहान ९ बजे नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र भिक्ट्री भाईपर नेपालगन्ज बिच हुने खेल संयोजक सुमन गुरुङ्गले जानकारी दिए । ८ वटा टिम सहभागी उक्त प्रतियोगिता फागुन २० गते सम्म हुने आयोजकले जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश