कोहलपुर, जेठ १६,
कोहलपुर सिटि एकेडेमी बाँकेले नयाँ शैक्षिक सत्र २०८२ को सुरुवातसँगै नयाँ विद्यार्थीहरूलाई भव्य स्वागत गरेको छ ।
विद्यालयले एक विशेष कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको उज्वल भविष्यको कामना गरेको छ ।
कार्यक्रमको प्रमुख आकर्षण विद्यालयका प्रिन्सिपल प्रशान्त रिजालले शिक्षा केवल किताबी ज्ञान होइन, जीवन निर्माणको आधार भएको बताए । उनले विद्यालयमा आएका सबै नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यार्थीको क्षमता उजागर गर्न र सम्पूर्ण व्यक्तित्व विकासमा विद्यालय सधैं प्रतिबद्ध रहने बताए । उनले विद्यार्थीहरूलाई अनुशासन, कडा परिश्रम र सिर्जनशीलतामा जोड दिँदै विद्यालय परिवारको तर्फबाट निरन्तर सहयोग र प्रेरणा प्रदान गरिने विश्वास व्यक्त गरे ।
विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर, प्रविधि प्रयोग, र विद्यार्थीकै रुचिअनुसारको सिकाइ वातावरण प्रदान गर्नु कोहलपुर सिटि एकेडेमीको प्रमुख उद्देश्य भएको रिजालले बताए । विद्यालयमा नयाँ भर्ना भई आएको विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास झल्किएको थियो ।