कर्णाली उत्कृष्ट नारी सम्मान समारोह तथा ’सतीदेवी’ चलचित्रको विशेष प्रदर्शन हुने

कोहलपुर, असार ६,

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी २०८२ असार ७ गते ‘कर्णाली उत्कृष्ट नारी सम्मान समारोह’ आयोजना गरिने भएको छ ।

महिलाको योगदान र क्षमतालाई सम्मान गर्न आयोजित यो कार्यक्रम सतीदेवी चलचित्रको विशेष प्रदर्शनसहित सम्पन्न गरिनेछ । ‘नारी प्रधान चलचित्र सतीदेवी’ को विशेष प्रदर्शनको साथमा आयोजना हुने यो सम्मान समारोहमा समाज, शिक्षा, स्वास्थ्य, अधिकार, उद्यमशिलता लगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महिलाहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम बिहान १ः०० बजे वीरेन्द्रनगरस्थित लक्ष्मी चलचित्र मन्दिरमा आयोजना हुनेछ । कार्यक्रमको आयोजना प्लेड फार चेञ्ज (एँऋ), कर्णाली प्रदेश, सुर्खेतले गर्नेछ । महिला सशक्तीकरण, सामाजिक परिवर्तन र लैङ्गिक समानताको सन्देश बोकेको चलचित्र ’सतीदेवी’ लाई कार्यक्रमको विशेष आकर्षणको रूपमा प्रस्तुत गरिनेछ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !