कोहलपुर, साउन १४,
डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका ३, धूपीचौरस्थित ठूलीभेरी नदीको बीच भागमा फसेका चार जना स्थानीयवासीलाई सकुशल उद्धार गरिएको छ ।
संग्राम शार्दुल गुल्मबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको सहयोगमा उनीहरूको सफलतापूर्वक उद्धार गरेको हो । नदीमा पानीको बहाव तीव्र भएपछि चार जना नदीको बिचमै फसेका थिए । समयमै प्राप्त जानकारीपछि उद्धार टोली परिचालन गरिएको थियो ।
नेपाली सेनाको सक्रिय समन्वयमा जोखिमपूर्ण स्थानबाट उनीहरूलाई सुरक्षितरूपमा बाहिर निकालिएको जनाइएको छ । संबन्धित निकायहरूले उद्धारमा सहकार्य गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।



