कोहलपुर, असोज ११, कोहलपुरमा हालै जेन्जी विद्रोह, संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न दल र संगठनका नेता तथा बामपंथी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कमरेड प्रदिप सीले कार्यपत्र प्रस्तुत गरेका...

कोहलपुर, भदौ ३०, नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै उद्योग क्षेत्रको विद्युत् बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् । घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि उद्योगहरूले तिर्न बाँकी राखेको विद्युत् बक्यौता उठाउन निरन्तर पहल गरेका थिए । तर...

कोहलपुर, भदौ ३०, नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरको हरिसिद्धिमा बालिकालाई ठक्कर दिएर भागेको घटनामा संलग्न भनिएका एमाले प्रदेश मन्त्रीमाथि तत्काल अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन् । गृहमन्त्री पद सम्हालेको पहिलो दिनमै उनले बालिकालाई ठक्कर दिएर भागेको घटनाप्रति गम्भीर...

कोहलपुर, भदौ २९, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम निश्चित भएको हो । गृहमन्त्री...

कोहलपुर, भदौ २९, सामाजिक सञ्जाल बन्द तथा भ्रष्ट्राचारको विरोधमा भइरहेको आन्दोलनमा ड्युटीमा खटिएका पत्रकार निरज सिंह निश्चलले आफ्नो क्यामेरा गुमाउनुका साथै जीवन नै संकटमा पार्ने स्थिति भोग्नु प¥यो । निश्चलले कोहलपुरमा भइरहेको तोडफोड र आगजनीका दृश्य खिचिरहेका बेला आन्दोलनकारीहरूले “फोटो...

कोहलपुर, भदौ २९, हालै भाद्र २३ र २४ गतेका प्रदर्शनका क्रममा भएको क्षतिको पृष्ठभूमिमा जिल्ला प्रहरी कार्यालय बाँकेले सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ । विज्ञप्ति मार्फत प्रहरीले नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकाय, सरकारी, गैरसरकारी र निजी संस्थाका हातहतियार, सञ्चार...

कोहलपुर, भदौ २९, कोहलपुर नगरपालिका वडा नं. ८ मा आज वडा कार्यालय परिसरको सरसफाइ अभियान सञ्चालन भइरहेको छ । हालै जेनजीको आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीका कारण जेलेको कार्यालयलाई सफा, सुरक्षित र सेवाप्रवाह गर्न उपयुक्त बनाउने उद्देश्यले यो अभियान सुरु...

कोहलपुर, भदौ २९, कोहलपुर नगरपालिका वडा नं. ९ को वडा कार्यालय पनि हालैको जेन्जी आन्दोलनका क्रममा जलाईएपछि पूर्ण रूपमा क्षति पुगेको छ । कार्यालय ध्वस्त भएपछि वडा वासिन्दाले प्रशासनिक कामकाजमा ठूलो समस्या भोगिरहेका छन् । वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले कार्यालय...

कोहलपुर, भदौ २९, कोहलपुर नगरपालिका वडा नं. ११ मा भएको आगलागीका कारण वडा कार्यालय पूर्ण रूपमा क्षति पुगेको र तत्काल सेवा विस्तारमा कठिनाइ भएको अवस्थालाई ध्यानमा राखी पुनः सेवा छिटो सुचारु गर्न पहल भइरहेको छ । यसै क्रममा कोहलपुर वडा...

कोहलपुर, भदौ २५, सामाजिक सञ्जाल बन्दको विरोधमा उत्पन्न आन्दोलन हिंसात्मक बनेपछि कोहलपुरमा नेपाली सेना र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । आन्दोलनकारीहरूले सरकारी कार्यालयहरूमा आगजनी गरी ठूलो नोक्सानी पु¥याएपछि उच्च सतर्कता अपनाउँदै सुरक्षा निकायलाई सक्रिय बनाइएको हो । आगजनीमा...

कोहलपुर, भदौ २५, सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक रुप लिँदा कोहलपुर क्षेत्रमा ठूलो क्षति भएको छ । प्रारम्भमा शान्तिपूर्ण रूपमा सुरु भएको विरोध प्रदर्शन एकाएक नियन्त्रणबाहिर गएपछि आन्दोलनकारीहरूले विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी गरेका...

कोहलपुर, भदौ २५, देशभर सुरक्षाको स्थिति संवेदनशील बनेपछि नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू गत राति भाद्र २४ गते राति १० बजेदेखि परिचालनमा आएका छन् । परिचालनको क्रममा आज बिहान भाद्र २५ गते १० बजेसम्म काठमाडौँसहित देशका विभिन्न स्थानहरूमा देखिएका...