सम्माननीय प्रधानमन्त्रीज्यू, म विगत लामो समयदेखि पत्रकारितामा छु । मेरो पत्रकारिताको सुरुवात रेडियोबाट भएको थियो । त्यहाँ बिताएका १८-१८ घण्टाका लामो दिनहरू मेरो जीवनका सबैभन्दा मिठा र मूल्यवान् अनुभव बनेका छन् । त्यसपछि भिडियोग्राफी, फोटोग्राफी हुँदै विगत साढे सात वर्षदेखि...

कोहलपुर, भदौ १६, कोहलपुर नगरपालिका–११ मा सञ्चालित कौशिल्या अस्पतालले स्वास्थ्य सेवा मात्रै नभई सामाजिक उत्तरदायित्वका कामहरूलाई पनि निरन्तरता दिँदै आएको छ । निःशुल्क सेफ्टी ज्याकेट वितरण, बिरामीलाई छुटसहितको स्वास्थ्य कार्ड वितरण, विपन्न वर्गका बिरामीलाई औषधि र उपचारमा सहुलियत उपलब्ध गराउनेजस्ता...

अछाम, बिधुत्मा रैका, कोहलपुर, भदौ १४, अछाम जिल्लामा छाउपडी गोठमा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय अछामको तथ्याङ्क अनुसार २०७३ सालदेखि २०८२ भदौ दोस्रो सातासम्म छाउगोठमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ भने एकजना महिला घाइते...

हरेक वर्षको तीजमा गाउँभरि जताततै रातो रङ्गको बाढी देखिन्छ । चुराको झन्झनाहट, बाजागाजाको ताल र गीतमा झुमिरहेका चेलीहरूको हाँसोले आकाशसम्म गुन्जन्छ । तर खजुराको एक घर भने यो रंगीन दृश्यबाट वर्षौंदेखि टाढिएको छ । त्यो घर हो, भावना मल्लको ।...

मनोज भुजेल, चितवन, कोहलपुर, भदौ ८, गजल मञ्च चितवनले आयोजना गरेको द्वारिका नेपाल स्मृति गजल पुरस्कार २०८२ यस वर्ष चितवनका चर्चित गजलकार राजु आचार्य ‘दीप’ ले प्राप्त गरेका छन्। चितवन माध्यमिक विद्यालयमा सम्पन्न पुरस्कार अर्पण तथा गजल वाचन कार्यक्रममा उनलाई...

बिधुत्मा रैका, कोहलपुर, साउन १९, कोहलपुर नगरपालिका–११ दशबिगाह चोकको उत्तरपट्टि वडा नम्बर २ मा निर्माण गरिएको सिद्धि विनायक पार्क वनभोज, घुमघाम तथा अध्ययन अवलोकनको लागि आकर्षक केन्द्र बन्दै गएको छ । कोहलपुर नगरपालिका, २ नम्बर वडा कार्यालय तथा उपभोक्ता समितिको...

बिधुत्मा रैका, कोहलपुर, साउन ११, बाँके जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा गरिएपनि अझै खुलारुपमा दिसापिसाव गर्ने क्रम रोकिएको छैन । सबै घरले शौचालय नबनाउने र बनाएकाले पनि प्रयोग नगर्दा खुला दिसापिसाव नहटेको हो । खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका अनुसार...

कोहलपुर, साउन ९, लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि स्नातक तहमा भर्ना प्रक्रिया सुरु गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डिन डा. निरज केसीले B.Tech in Civil Engineering, IT Engineering, Computer Science & Artificial Intelligence तथा...

कोहलपुर, श्रावण ९, स्थानीय युवा प्रतिभालाई मोडलिङ तथा फेसन इन्डस्ट्रीमा स्थापित गराउने उद्देश्यसहित ‘नेक्स्ट मोडल कोहलपुर – सिजन १’ को अडिसन कार्यक्रम कोहलपुरमा हुने भएको छ । अडिसन आगामी श्रावण १० गते शनिबार, कोहलपुरस्थित होटल ट्री टप हेभनमा आयोजना गरिनेछ...

कोहलपुर, बाँके, कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर माध्यमिक विद्यालयमा सात दिने नेतृत्व विकास तालिम सुरु भएको छ। समाज सेवा संस्था नेपालको आयोजनामा र विद्यालयकै आर्थिक सहयोगमा आइतबारदेखि तालिम सुरु गरिएको हो। तालिम उद्घाटन कार्यक्रममा कोहलपुर वडा नं. ११ की वडा अध्यक्ष...

कोहलपुर, असार २४, नेपाल–चीन सीमामा पर्ने रसुवाको लेन्डेखोलामा आएको भीषण बाढीले ठूलो जनधन र भौतिक क्षति पु¥याएको छ । बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन् भने दुई देश जोड्ने मितेरी पुल बगाउनुका साथै रसुवागढी भन्सार कार्यालय वरिपरिका कन्टेनर...

बिधुत्मा रैका, कोहलपुर, असार २२, बाँकेका कैयौं नागरिकहरुले हिउँदका साना हुन् या वर्खाका ठुला, खोला–नालाहरु पैदल नै पार गर्नुपर्ने अवस्था थियो । तर अब समय बदलिँदैछ । जिल्लाभर फैलिएका पुल निर्माण परियोजनामार्फत यी खोल्साका गाउँहरूलाई पुल पारी र वारीको जीवनसँग जोड्न...