कोहलपु, असार २१, बाँके राष्ट्रिय निकुञ्जको प्रवर्धन र पर्यटकीय प्रचारप्रसारका लागि बाँकेको कोहलपुर चौराहामा विभिन्न जङ्गली जनावरका मूर्तिहरू स्थापना गरिएको छ ।   कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निकुञ्जले शनिबार चौराहामा चार वटा जनावरका मूर्तिहरू राखेको हो । मूर्तिहरूमार्फत निकुञ्जको प्रचारप्रसार,...

कोहलपुर, बाँके, असार १५, ‘हरियाली बढाउँ, हिमाल जोगाउँ’ भन्ने मूल नारासहित राष्ट्रिय वृक्षारोपण दिवस २०८२ बाँकेको राप्ती सोनारी गाउँपालिका–९ झिझरी महिला सामुदायिक वन उपभोक्ता समितिको परिसरमा विशेष कार्यक्रमका साथ मनाइएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री माननीय देवकरण...

जनता रैका, कोहलपुर, असार ९, धान रोपाइँको सिजन सुरु भइसकेको छ । खेतमा पानी राखिएको छ, बिउ उम्रिएर नर्सरीमा हरियाली देखिन थालेको छ । तर, अझै पनि धेरै किसानहरूलाई आफ्नो खेतको माटो कस्तो छ भन्ने कुरा थाहा छैन । माटो...

कोहलपुर, असार ८, सीमान्तकृत र स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै श्री बज्रदल गणको पहलमा बाँकेको नरैनापुर गाउँपालिका २ स्थित लक्ष्मणपुर स्वास्थ्य चौकी परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ । शिविर श्री सैनिक अस्पताल नेपालगञ्ज,...

कोहलपुर, असार ५ , बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअनुसार कृषक, कृषि सहकारी संस्था, कृषि फर्म तथा कृषक समूहहरूलाई ५० प्रतिशत अनुदानमा मल्चिंग प्लास्टिक वितरण गरेको छ। गाउँपालिकाको कृषि शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा ९ वटा कृषक समूह, १...

कोहलपुर, असार ४, आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा सामुदायिक रेडियोहरूलाई पूर्ण रूपमा उपेक्षा गरिएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ अकोराव सुदूरपश्चिम प्रदेश कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ। संघले बजेटमा सञ्चार क्षेत्र, विशेषतः सामुदायिक...

मनोज भुजेल(प्रकृती प्रेमी) भरतपुर, कोहलपुर, असार १, चितवनको भरतपुर–२४ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको चौथो पेईङगुईङ गोल्डकप फुटबल प्रतियोगिता २०८२ को फाइनल खेलमा सुर्यपुर फुटबल क्लब विजयी भएको छ । जेठ २४ गतेदेखि असार १ गतेसम्म सञ्चालन भएको...

कोहलपुर, जेठ २८, हरिया मैदान, शान्त वन, चिरबिराउने चरा, चित्तलको झुण्ड हात्ति तथा पाटेबाघ, यी सबै कुनै कल्पनाको कथा होइन, यथार्थ हो, बाँके राष्ट्रिय निकुञ्जको । नेपालको पश्चिमी भूभागमा फैलिएको यो निकुञ्ज वि.सं. २०६७ साल असार २८ गते स्थापना गरिएको...

कोहलपुर, जेठ २५, बाँके राष्ट्रिय निकुञ्जका गहिरा वन जंगलभन्दा अलि फरक अनुभूति दिने क्षेत्र हो । त्यो खुला, नर्म, हरियो घाँसेमैदान । जहाँ सूर्यको किरण सहजै ओहोरदोहोर गर्छ । हावाले घाँसलाई लहराउँछ, अनि कतैबाट एक्कासि चित्तलको झुन्ड देखा पर्छ। यिनै...

कोहलपुर, जेठ २३, बाँके राष्ट्रिय निकुञ्जको हरियाली छायाँभित्र एउटा यस्तो स्थान छ, जहाँ प्रकृतिसँग नजिकिँदै वन्यजीवनको चुपचाप कथा सुनिन्छ । त्यो स्थान हो मचान । निकुञ्जका विभिन्न स्थानमा बनाइएका मचानहरूले निकुञ्ज अवलोकनमा आउने पर्यटक, अनुसन्धानकर्ता र संरक्षणकर्मीहरूलाई अनौठो अनुभव दिन्छन्...

बिधुत्मा रैका, कोहलपुर, जेठ २२, बाँकेको जंगल सधैं शान्त लाग्छ, तर त्यो शान्तिभित्र लुकेको हुन्छ गर्जन । त्यो गर्जन, जुन सुस्तरी आएको हावाजस्तै कानमा पर्छ र एकाएक मनभित्र तर्साउने कम्पन उठाउँछ । त्यो गर्जन जंगलको राजा पाटेबाघको हो । यो...

कोहलपुर, जेठ ९, नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री, पर्यटन, गृह तथा रक्षमन्त्री डा. भीम रावलले सत्तारूढ र प्रतिपक्षीय दलहरूप्रति व्यापक असन्तुष्टि रहेको वर्तमान राजनीतिक परिवेशमा नयाँ राष्ट्रिय राजनीतिक अभियान ‘मातृभूमि जागरण अभियान, गरिरहेका छन् । भ्रष्टाचार, कुशासन,...