कोहलपुर, जेठ ९,
बाँकेको कोहलपुरमा सुरु भएको रात्रिकालीन क्रिकेट नाइट टुर्नामेन्ट–२०८२ को उद्घाटन खेलमा सगरमाथा स्पोट्र्स क्लब विजयी भएको छ ।
उद्घाटन खेलमा सगरमाथाले रोयल बेलनपुरलाई ११ ओभर तीन बलमै पराजित गर्दै सानदार सुरुवात गरेको हो । प्रतियोगिताको पहिलो खेल निकै प्रतिस्पर्धात्मक रहन पुगेको भए पनि सगरमाथा स्पोट्र्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पा¥यो । खेलका क्रममा सगरमाथाका बलर र ब्याट्सम्यान दुवैले सन्तुलित प्रदर्शन गरेका नगर खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्रीले बताए ।
प्रतियोगिता विभिन्न स्थानका क्लबहरूबीच प्रतिस्पर्धा गराउँदै चरणबद्ध रूपमा सञ्चालन हुँदै जाने आयोजकले जानकारी दिएको छ ।